चन्द्रागिरि साहित्य प्रतिष्ठानको १८१ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा सम्पन्न भयो ।
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जिताली ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै आजका कविता मार्मिक थिए । गरिमामय कार्यक्रम भयो । खोरिया लोक छन्दको रुपमा अगाडि बढिरहेछ । लेख्ने कुरा छन्द पनि जन्म जात नै लिएर आउने रहेछ ।मलाई सवाई छन्द बढी मन पर्छ ।हुनत १३६ छन्दमा कलम चलाएर छन्दको छहारी प्रकाश नि गरेको छु भन्नु हुँदै जितालीले १८१ श्रृङ्खला पुर्याउन धेरै मिहनत गर्र्नु पर्छ भन्नु हुँदै हारिणी छन्दको कविता सुनाउनु भयो ।
भयो। कलानिधि दाहाल,जगदीश्वर पोखरेलले साहित्यको सेवामा चसाप्रनेको योगदानको प्रशंसा गर्दै शुभकामना दिनु भई आ-आफ्नो रचना सुनाउनु भयो ।
कवि चुडा निर्भिकको सफल उद्धघोषणमा र लक्ष्मी मिश्रको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु
,लक्ष्मी प्रसाद मिश्र,उत्तम भेटवाल,बीर बहादुर लोहनी,झविकला खरेल (मूना) घनश्याम पौडेल,भगवति दवाडी,लगायत १२ जना साहित्यकारहरुले खोरिया,स्वतन्त्र कविता,छन्द कविता,चारु,मुक्तक,घोँयत्रो आदि वाचन गरिएको थियो ।
खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया अक्षर गणना ८/८/८/५ २९ अक्षरमा लेखिन्छ भने यो गद्य कविताको स्वरुप हो तर ३/२/३,३/२/३,३/२/३ को सूत्रमा लेख्यो भने यो खोरिया लोक छन्द हो भन्नु भयो । २९ अक्षरको खोरिया आफैमा पूर्ण हो तर शीर्षक दिएर धेरै खोरिया लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै तीज विशेष खोरिया र गद्य कविता सुनाउनु भई प्रमुख अतिथि जिताली लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।





