ट्रकको ठक्करबाट कपिलवस्तुको वाणगंगा नगरपालिकामा हिजाे बेलुकी टेम्पो चालकको मृत्यु भएको छ ।
आइतबार बेलुकी साढे ८ बजे भारतीय नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।





