कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्यूँत्याउने भएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।
तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो सोचाइ अहिले प्रमाणित भएको छ
तामाङले नेतृत्व सुम्पिएपछि कमल थापाले अध्यक्षका रुपमा हस्ताक्षर गर्दै राप्रपा नेपालको अभियानमा सहभागी हुन आह्वान पनि गरेका छन् ।







