ललितपुर । ललितपुर ज्वागलमा २०८१ जेष्ठ ३ गते सम्पन्न बिभिन्न कम्युनिष्ट क्रान्तिकारीहरुको एक भेलाले अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समतिको गठन गरेको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ । नेकपा –माओबादीबाट असन्तुष्ट रहेर लामो समयसम्म स्वतन्त्र ब्यक्तित्वकोरुपमा रहनु भए पनि चर्चित राष्ट्रघाती एमसीसी सम्झौता बिरुद्धको सघर्ष लगायत राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका लागि जनताको संघर्षमा बिभिन्न मोर्चा, मञ्च र अभियानमार्फत कृयाशील रहँदै आउनु भएका ब्यक्तित्व संबिधान सभाका सभासद क. नारायण शर्माको नेतृत्वमा यो कम्युनिष्ट पार्टी एकता संयोजन समिति बनेको जनाइएको छ ।
नेपालमा माओबादी जन युद्धका शहीदहरु लगायत सम्पूर्ण शहदहरु, बेपत्ता योद्धाहरु, आन्दोलनका घाइते र अपङ्गहरुको स्मरण सम्मान गर्दै जारी गरिएको एकता संयोजन समितिको प्रेस बिज्ञप्तिमा कम्युनिष्ट आन्दोलन छिन्न भिन्न भएको र यसलाई एकताबद्ध गर्न नसकेसम्म देश र जनताले झेल्नु परिरहेका संकटको सही समाधान हुन नसक्ने कुरा जनाउदै सच्चा, देशभक्त, क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुनुको कुनै बिकल्प छैन भन्ने कुरा प्रष्ट पारिएको छ ।





