फागुन २०, काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाडौंको नक्सालस्थित भगवतिवहालमा भएको आयोजकले जनाएको छ । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको महासंघका सल्लाहकार समेत रहनुुभएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए। त्यसक्रममा उनले सुनचाँदी ब्यवसायीहरुलाई एकजुट भएर लाग्न सुुझाव दिएका थिए ।

महासंघका अध्यक्ष माणिक रत्नशाक्यले महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरेको बताए । महासंघका विभिन्न ब्यक्तिहरुले कार्यक्रमकाबारेमा प्रकाश पारेका थिए । रक्तादन कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, उद्यमीब्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरुले समेत सहभागिता जनाएका थिए ।त्यसअघि पुुर्वमन्त्री श्रेष्ठले केक काटेर महासंघको स्थापना दिवसको उद्घाटन गरेका थिए ।

महासंघका उपाध्यक्ष एवं रत्तदान कार्यक्रमका संयोजक पवनकुमार सोमानीले कार्यक्रम भब्यरुपमा सम्पन्न भएको जनाएका छन्
महासंघको स्थापना दिवसका अवसरमा सातौं प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।






