प्रा. शत्रुघन श्रेष्ठ
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई समीक्षा अवधिमा आ.ब. ०७९/८० मा जम्मा ७५८ वटा अभिकर्ता तालिम संचालन गरी ७८११ जना अभिकर्तालाई तालिम दिएर ११७२७ नयाँ अभिकर्ता उत्पादन गर्न सफल भई मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवम्, शाखा प्रमुखहरुको सहभागितामा सि.ई.आ. सुरेश कुमार खत्रीले सहभागि सबै अभिकर्ताहरुलाई उनीहरुको लगन, परिश्रमको कदर गर्दै “टोकन अफ लभ” ूत्यपभल या ीयखभू मायाको चिनो प्रदान गर्नु भएको थियो भने स्किममा व्यवस्था भए अनुरुप “अर्ली क्वालिफायर” प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । सि.ई.ओ.ले यस कार्यक्रममा छनौट हुने सम्पूणर् अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेस प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो । समारोहमा प्रमूख कार्यकारी अधिकृतले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा “मीट द सि.ई.ओ. स्किम ल्याईएको थियो र नेपाल भरबाट ३०० भन्दा बढी अभिकर्ताहरु छनौट भएको र मधेस प्रदेशबाट मात्रै ३० जना अभिकर्ताहरु छनौट हुन सफल भएको बताउँदै यस स्किममा जोडिने सम्पूणर् अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गर्नु भयो । कार्यक्रममा सहभागि अभिकर्ताहरुले कं. का सि.ई.ओ. समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा कं. ले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तुत रुपमा जानकारी गराउन पाएकोमा खुशि व्यक्त गरे । यस योजनाले अभिकर्ता र सि.ई.ओ. दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्तरक्रिया गर्ने अवसर जुराउँदै अभिकर्ता र सि.ई.ओ. दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु र्ने सुझाव राखेका थिए ।
प्रा. शत्रुघन श्रेष्ठ





