पाल्पामा मलामी बाेकेर हिडेको बस दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको हो । दुर्घटनामा आठ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्प्ताल लगिएको बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।
आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना ग म्भी र घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।
प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





