प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति तोक्ने निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
सोमबार बागमती प्रदेशका कांग्रेस नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने बताएका थिए।
आउँदो जेठमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्न देउवाले आयोगका पदाधिकारीसँग मंगलबार दिउँसो छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ।
आउँदो ५ गते गते बहालवाल स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसअघि नै चुनाव गर्ने गरी सरकारले चुनावका मिति घोषणा गर्न लागेको हो।





