भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सितारमणलेसो जानकारी दिनुभएकाे हाे ।
केन्द्रीय बैंकले ल्याउने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठूलो टेवा दिनेछ । डिजिटल मुद्रा बढी सस्तो र प्रभावकारी मुद्रा व्यवस्थापन प्रणाली हुनेछ,’ सीतारमणले भन्नुभयाे।
ब्लकचेन र अन्य प्रविधि प्रयोग गरेर डिजिटल मुद्रा ल्याउने भएको उहाँले बताउनु भयाे । डिजिटल मुद्रा प्रणालीले सरकारको डिजिटल इन्डिया’ कार्यक्रमलाई एउटा ठूलो सहयोग मिल्ने जनाइएको छ
सुरूमा भारतमा क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाइएको थियो। सर्वोच्चमा मुद्दा पुगेपछि अहिले क्रिप्टोकरेन्सीमा लगानी गर्न खुला गरिएको छ।





