काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले समसामयिक राजनीतिक घटनाक्रमप्रति व्यंग्य गरेका छन् ।
उनले हिजाे साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत व्यंग्य गरेका छन् ।
मंगलवार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा राजसंस्थाको मागसहित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा झडप हुनुका साथै उपत्यकाको यातायात प्रभावित भएको थियो ।
यसै परिपेक्षमा व्यंग्य गर्दै उनले कविता लेखेका छन्, ‘म राजा हुँदा लोकतन्त्र चाहियो भन्छु, राजा खराब भो । म गणतन्त्र आउँदा राजा चाहियो भन्छु, जनतन्त्र हराम भो । म जनता हुँदा नेता बन्न खोज्छु । नेता बन्दा जनता लडाउँछु । कमजोर हुँदा बलियोलाई रोज्छु । बलियो हुँदा आफैँ हराउछु ! म आफैँ आफ्नो शत्रु, म आफैँ दबाब हुँ ! म अरुलाई के भनम् ,म आफैँ खराब छु !’





