आइतबार बिर्तामोडमा शंकास्पद वस्तु फेला परेपछि बिर्तामोडको वातावरण एकाएक त्रसित बन्यो। स्थानीयवासीले उक्त शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार पश्चिम बस स्ट्याण्ड छेउ कुकरमा तार जोडेको बम जस्तो शंकास्पद वस्तु फेला परेको हो।
सुरुमा उक्त वस्तु ‘होक्स’ अर्थात नक्कली बम भनिएकाे थियाे। पछि डिस्पोज गरिसकेपछि त्यसमा बम बनाउन प्रयोग गरिने विस्फोटक पदार्थलगायत सामान प्रयोग गरिएको पाइएको नेपाली सेनाले जनाएको छ।
बमसँगै हिमाल सुरक्षा परिषद्को नामकाे पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ। उक्त पर्चामा नेपाललाई हिन्दू राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्नेलगायत माग राखिएको बताइएको छ।





