मिथिला मध्यमा परिक्रमाको क्रममा एक भारतीय महिलाको मृत्यु भएको छ। मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा बिहीबारबाट सुरु भएको हो।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। परिक्रमाको क्रममा पदयात्रा गरेर जलेश्वर पडावस्थल पुगेकी परिक्रमा यात्री भारतको विहारकाे मधुवनी जिल्ला बासोपट्टीका राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमिलादेवी साहको मृत्यु भएको हाे।
बेहोस भएकी साहलाई उपचारको लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता विष्टले बताए।
शवलाई पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





