काठमाडौं : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा मोटरसाइकलको ठक्करबाट चेकिङमा खटीएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन्। गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।





