लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशका स्थानीय तहमा बैशाख ३० को निर्वाचन नमान्ने जनाएको छ। मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै बैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन हुने लोसपाको तर्क छ।
नेपाल सरकारद्वारा स्थानीय तहको निर्वाचन घोषणा हुनु सकारात्मक छ विज्ञप्तिमा लेखिएको छ, मधेश प्रदेशमा विगतमा भएको स्थानीय तहको निर्वाचनको मिति २०७४ असोज २ गतेलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधि
संविधानको धारा २१५ (६), २१६ (६) र २२० (५) अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट बञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुनेछ।’






