बुधबार नेप्से परिसूचक २२.११ अङ्कले घटेर २ हजार ८१३.४७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४७ करोड ११ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर रहेको छ । यस कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ९९ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र नेसनल हाइड्रोपावरको कारोबार भएको छ ।
बुधबारको कारोबारमा १३ वटा उपसुचक घटेको छ । आज नेप्सेमा लिबर्टी इनर्जी कम्पनी र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने बुद्धभुमि हाइड्रोपावर र नेपाल एसबिआई ऋणपत्रका लगानीकर्ताले अधिक गुमाएका छन् ।





