काठमाडौँ, मङ्सिर १९ गते । वार्षिक साधारण सभा र आफ्ना सेयरधनीलाई लाभांश घोषणाको माहौलमा रहेका वाणिज्य बैङ्कहरूले धमाधम घोषणा गरिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वाणिज्य बैङ्कमध्ये २३ वटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने बाँकी तीनवटाले घोषणा गर्न बाँकी छ ।
हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कबाहेक अन्य २६ वटा वाणिज्य बैङ्क नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।
लाभांश घोषणा गरेका बैङ्कहरूमध्ये सबैभन्दा बढी नबिल बैङ्कले दिएको छ भने दोस्रोमा हिमालयन बैङ्क छ । लाभांश घोषणा गरेका बैङ्कमा सबैभन्दा कम अहिलेसम्म नेपाल एसबीआई बैङ्कको रहेको छ ।
नबिल बैङ्कले लगानीकर्तालाई सर्वाधिक ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ जसमा ३३.६ प्रतिशत बोनस सेयर तथा ४.४ प्रतिशत नगद रहेको छ । दोस्रोमा हिमालयन बैङ्कले लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिन लागेको छ । हिमालयन बैङ्कले सेयरधनीलाई २१.३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद दिएको छ ।
वाणिज्य बैङ्कको लाभांश, आ.व. २०७७/०७८

सेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका वाणिज्य बैङ्कहरूमा सेन्चुरी बैङ्क, सिभिल बैङ्क र कृषि विकास बैङ्क छन् ।





