श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि शरीरमा एसिड प्रहार गरी घाइते बनाएको जानकारी दिएकाे छ ।
श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका हुन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिट गरेका थिए ।
एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।





