साउन १५ , काठमडौं
साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यकारहरुको भर्चुअल साहित्य गोष्ठी सम्पन्न गरिएको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष गंगा लिगलको सभापतित्व र डा. बमबहादुर जितालीको प्रमुख आतिथ्यमा बेलुका ५ देखि ७ बजे द्वारिका कुईकेलको सञ्चालनमा सम्पन्न गरिएको थियो ।
कवि वीरबहादुर लोहनीको स्वागत गान बाट सुरु भएको यस कार्यक्रममा एक दर्जन कवि साहित्यकारहरूले मुक्तक, गजल, सुसेली, छन्द कविता गद्य कविताहरू वाचन गरिएको थियो । साउन १५ खीर खाने दिन भएको हुँदा रचनाहरू साउन र खीर संग सम्बन्धित रचनाहरू प्रस्तुत गरिएका थिए ।
विशिष्ट अतिथि दुर्गा अधिकारी भमरकोटेद्वारा सहभागी सबै कविहरूको नाम उच्चारण गर्दै आज खीर जस्तै मीठा कविता सुन्न पाएकोमा खुसी व्यक्त गर्दै शिव महिमा सम्बन्धि सुसेली भजन सुनाए ।
उक्त कार्यक्रमकाा प्रमुख अतिथि डा. बमबहादुर थापा ‘जितालीद्वारा’ आफ्नो मन्तव्यमा अविरल गंगा साहित्य केन्द्रको चर्चा संगै गंगा लिगलको साहित्य साधनाको प्रशंसा गर्दै “अवस्था र व्यवस्था” शिर्षकको व्यंग्य कविता वाचन गरिएको थियो ।
कविहरु सुष्मा चित्रकार,ललिता दोषी, रीता खतिवडा, लक्ष्मीप्रसाद मिश्र, चन्द्रा न्यौपाने, टेकबहादुर लौंडारी लगायतका कविहरूले कार्यक्रममा सहभागी भएर कविता वाचन गरि कार्यक्रमलाई सफल बनाउनु हुने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोग रहने अपेक्षाका साथ सभापति गंगा लिगलद्वारा सभा विसर्जन गरिएको थियो ।





