प्रा.शत्रुघन श्रेष्ठ
सर्वोत्तम सिमेन्टको आई.पि.ओ (IPO) भर्न सर्वसाधारणलाई रु १८ हजार ४५ चाहिने थियो । त्यो पनि ५० कित्ताको रु. ३६०.९० पैसाको दरले पर्ने भएको थियो । आईपिअेामा कम्तिमा पब्लिकलाई पहिलो पटक खुल्न गएको यो आईपिओमा ५० कित्ता नै भर्नुपर्छ । आईपिअेामा बाँडफाँडका क्रममा पर्ने लगानीकर्ताले ५० कित्ता नै शेयर पाएका थिए । सर्वोत्तम सिमेन्टको आईपिअेामा शेयरमा संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँड गर्ने क्रममा “कट अफ प्राइस” रु. ४०१ तय भएको थियो । बुक बिल्डीङ निर्देशिका अनुसार संस्थालाई कट अफ मूल्य निर्धारण गरिएको थियो । सो मूल्यमा १० प्रतिशत घटाएर (मूल्य) मात्रै पब्लिकलाई शेयर जारी गरेको थियो । १०% प्रतिशत मूल्य प्रति कित्तामा घटाउँदा रु. ४० रुपैयाँ १० पैसा घटेर रु. ३६० रुपैयाँ ९० पैसा पर्ने भएको थियो । सर्वोत्तम सिमेन्टको जारी पूँजी रु. ४ अर्ब ६५ करोड को १२.९०३३ प्रतिशत अर्थात रु. ६० करोड बराबरको कूल ६० लाख कित्ता शेयर जारी गरेको थियो । जसमध्ये ४०% प्रतिशत अर्थात २४ लाख कित्ता शेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान गरि बाँकी ६०% अर्थात ३६ लाख कित्ता शेयर पब्लिकलाई लाई जारी गर्न सफल भएको थियो । कम्पीनको शेयर राम्रो भएकोले कं दरिलो, विश्वासिलो, बलियो भएको देखिएर पब्लिकले पैसा लगानी गरेको थियो । त्यही कम्पनी आज नेप्सेमा सुचिकरण हुनासाथ केहि दिनपछि यसको मूल्य रु. १००० पुगेको थियो ।
नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट किलींकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख गरेको थियो । नदी तथा निस्दी गा.पा.मा कम्पनीले चुनढुङ्गाको खानीको अनुमति लिएको थियो । यसका सहयाक कम्पनीहरुमा सर्वोत्तम होल्डीङ्गस र सर्वोत्तम इन्भेष्टमेन्ट कम्पनी हाल सञ्चालनमा रहँदै आएको छ । अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण क्षेत्रमा परेको असरले सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी घटेको छ । गत असार मसान्तको वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १८५ रुपैया १९ पैसा छ भने प्रति शेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको थियो । सो अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु. ३ अर्ब ४५ करोड रहेको छ । आ.ब. २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कं. को सञ्चालन आम्दानी आ.ब. २०७८/७९ मा रु. ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो । गत आ.ब. को वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड ३ लाखमा झरेको थियो । चुक्ता पुँजी रु. ४ अर्ब ६५ करोड रहेको छ । १५% ले हुन आउने रकम रु. ६९ करोड ७५ लाखले हुन आउने रकम रु. नगद लाभांस वितरण गरेको थियो । सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफामा प्रभावित बन्दै गएको छ । आ.ब. २०७७/७८ मा १ अर्ब ३१ करोड खुद नाफा कमाएको कं. ले ०७८/७९ मा रु. ४६ करोड ७६ लाख र आ.ब. ०७९/८० मा रु. २० करोड ७५ लाख मात्रै खुद नाफा कमाउन सफल भएको थियो, त्यसै नाफाबाट ०७९/८० मा कम्पनीले शेयरधनीहरुलाई १५% प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको discount मा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ । इक्रा नेपालले कम्पनीलाई Triple B रेटिङ प्रदान गरेको छ । कम्पनीले समयमा नै वित्तीय दायित्व बहन गर्ने मध्यम स्तरको क्षमतामा रहेको यसले जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कं.लाई Triple A रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई D रेटिङ प्रदान गर्दछ ।
कम्पनीको आ.ब. २०७९/८० को वित्तीय विवरण अनुसार असार मसान्त सम्ममा कम्पनीको दिर्घकालीन ऋण सहितको दायित्व रु. ६५ करोड ५४ लाख छ । चालू पूँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रु. सहित कूल चालू दायित्व ५ अर्ब ११ करोड रु. रहेको छ । हालै मात्र ८०/४/२१ मा सूचिकृत भएको घोराही सिमेन्ट र सोनापुर सिमेन्टको तुलनामा कम्पनीको ऋण दायित्व न्यून (कम) देखिन्छ । कम्पनीले लिएको ऋणमा वार्षिक १०.५०% ब्याज बुझाउँदै आइरहेको छ । कम्पनीको हाल अध्यक्ष विष्णु प्रसाद न्यौपाने र CEO सन्तोष के.सी. र कम्पनी सुचिव शेखर पौडेल छन् । कम्पनी एकदमै राम्रो र उन्नती हुँदै गइरहेको हुँदा कम्पनीमा लगानी गर्नेहरुका लागि सूवणर् अवसर मिलेको छ ।







