आज बुधबार शेयर दोहोरो अंकले घटेको छ । आज नेप्से ३६.७३ अंकले घटेर दुई हजार ३ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । आज नेप्सेमा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६४५.२० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज १४ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।





