भिरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।
हाम्रोमा तालिमका लागि आउँदा भिरबाट लडेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘बिहान आठ बजेदेखि तालिम हुन्छ। तर शव बेलुकी मात्रै फेला परेको थियो।’
उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेको उनले बताए। घटना शनिबार वैशाख ३ गतेको हो।
परिवारले खोज्दा राति उनको शव फेला पारेको हो। शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा गरिएको थियो। परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको छ।





