काठमाडौं,माघ २८गते । इजरायल जानका लागि तयार भएका नेपाली श्रमिकको उडान आन्तरिक व्यवस्थापनका कारण ढिलाइ भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारका अनुसार इजरायल उड्न तयार भएका श्रमिकहरु आन्तरिक व्यवस्थापका कारण केही दिन ढिला भएको छ । तर, छनौटमा परेका श्रमिक जान भने पाउने उनको भनाइ छ । इजरायलको दुतावासले केही कारण देखाएर अहिलेलाई रोकेको तर छनौट भएका सबै जान पाउने उनको भनाइ छ । चार चरणको उडानमार्फत २९७ जना इजरायल गइसकेका छन् । अव पाँचौ चरणमा इजरायल जाँदै छन् ।





