
काठमाडाैं- एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ र संस्थागतर्फ ५.९९ प्रतिशत ब्याजदर दिनेछ । बैंकले यसअघि असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याज दिएको थियो ।
त्यस्तै, बैंकले कात्तिकका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि ५.२७ प्रतिशत ब्याजदर तोकेको छ ।





