काठमाडौं: बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशभित्र र बाहिरबाट गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको भएपनि आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको बताएका छन्।
‘तपाईंहरूले देख्नुभएको छ, यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि।
एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन्,’ उनले भने, ‘हामीले चाहिँ यथास्थितिमा हुन सक्दैन् भनिराखेका छौं। हामीले सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस् भन्ने चाहना राखेर देशलाई क्षति नहुने ढंगले चाहेका छौं।’





