मेखराज भण्डारी, डोटी
पानीसँग रोटी खाएको याद छ आमा
गरिबीकै कारण दु:ख पाएको याद छ आमा ।।
धुँदा पनि च्यातिने पुराना कपडा
घरीघरी सिलाएको याद छ आमा ।।
घरमा सुत्ने गुन्द्री समेत थिएन हाम्रो
ओछ्यानमा पराल विछ्याएको याद छ आमा ।।
घाँटीमा लगाएको सुनको माला बिक्री गरी
मलाई See परीक्षा दिन पठाएको याद छ आमा ।।
एउटा कापी किन्ने पैसा समेत नहुँदा
अरुले फालेका कापी मेटाएको याद छ आमा ।।





