काठमाण्डौ / नेवि संघका पूर्व नेता तथा काँग्रेस क्रियाशिल सदस्य सागर भट्टराईलाई काठमाण्डौ महानगरपालिकामा मेयरका लागि क्षेत्र नं १ ले नाम सिफारिस गरेको छ । आफुलाई मेयरको उमेद्वारको लागि क्षेत्र नं १ अन्तर्गतका वडा नं १०, ११,२९ र ३१ ले नाम सिफारिस गरेको युवा नेता भट्टराईले बताए ।
भट्टराई विगत २ दशकदेखि काठमाण्डौ केन्द्रित रहेर काँग्रेस राजनीतिमा क्रियाशिल छन् । पूर्व विधार्थी नेता उनी वानेश्वर क्याम्पसको स्ववियु सभापती भइसकेका हुन् । उनले पार्टीले आफुलाई टिकट दिए काठमाण्डौ महानगरपालिकालाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने गरी काम गर्ने बताए ।
काठमाण्डौ एउटा ऐतिहासिक धार्मिक स्थल हुनुका साथै सुन्दर पर्यटकीय नगर समेत भएको उनले बताए । तर काठमाण्डौ पछिल्लो दशक अति नै प्रदुषित र अव्यवस्थीत भएको कारण नगरवासी चिन्तित रहेको उनको तर्क छ ।
आफुले महानगरको टिकट पाए र चुनाब जिते यस नगरलाई प्रदुषण रहीत, व्यवस्थीत र सुन्दर बनाउने आफुसँग अनगिन्ती योजनाहरु रहेको र ती योजनाहरु साकार पार्ने युवा जोश भएको उनले सुनाए । उनी भन्छन्, “अबको विकास भनेको शिक्षित युवाको सुझबुझपूर्ण जोशमा हुने हो, कछुवा गतिमा नगरको विकास हुदैन।”
काठमाण्डौका सडक, विद्यालय, अस्पताल, मठमन्दीर र खानेपानीको क्षेत्रमा द्रुत्तर विकासमा आफु लागि पर्ने उनले सुनाए । काठमाण्डौलाई हरियाली बनाएर ताल र पोखरीहरुले सजाउनु पर्ने, ऐतिहासिक ढुङगे धाराहरुमा पहिले जस्तै पानी झार्नुपर्ने उनले बताए ।
यस्तै उर्जाको प्रयोग बढाएर इन्धनको खपत घटाउनु पर्ने, पार्क तथा सार्वजनिक ठाउँहरुमा फ्री इन्र्टरनेटको व्यवस्था गर्नुपर्ने, फुटपाथ व्यवस्थापन गर्नुपर्ने, कवाडी व्यवस्थापन गर्नुपर्ने, गुणस्तरी शिक्षा आम मान्छेमा पुर्याउनु पर्ने जस्ता थुप्रै विषयवस्तुमा आमुल परिवर्तन गर्ने आफना एजेण्डाहरु रहेको भट्टराईले सुनाए ।
काठमाण्डौको क्षेत्र नं १ ले आफुलाई उमेदवारमा सिफारिस गरेको र पार्टीले पनि सर्बसम्मत रुपमा टिकट दिएमा छिट्टै आफुले उम्दा घोषणापत्र सार्वजनिक गर्ने उनले बताए ।
यस्तो छ, भट्टराईको अपिल
आदरणीय अग्रज तथा साथिहरु, नेपाली कांग्रेसको राजनीतिमा झण्डै स्कुलले बाल समय देखि नै राजनैतिक यात्राको क्रममा विद्यार्थी आन्दोलन र सामाजिक आन्दोलनमा अग्रसर भइ प्राप्त अनुभवलाई काठमाडौं महानगरको बिकास, निर्माण र समृद्धिको लागि सदुपयोग गर्ने अभिप्राय लिएर नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारको आकांक्षा सहित औपचारिक रुपमा नेपाली कांग्रेस काठमाडौं महानगर समिति मार्फत आफ्नो दाबेदारी प्रस्तुत गरेको छु। काठमाडौं बासिको बास्तबिक समस्या आफुले लामो समय अगाडि देखिनै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकोले महानगरबासिको मन जित्ने गरी काम गर्ने सक्छु भन्ने मेरो आत्मबिश्वास छ। त्यसैले मैले काठमाडौं महानगरको समग्र बिकासका लागि….. “शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने रहर,साथै देशकै रोजगार सृजना गरिने राष्ट्रिय लाई आत्मनिर्भर, प्रविधि मैत्री हाम्रो काठमाडौं महानगर “ भन्ने अभियाननै लिएर अगाडि बढेको छु। देशको मध्य भागमा रहेको हाम्रो काठमाडौं देशकै नमुना शहर बनाउने म सँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको छ। नेपाली कांग्रेसको मजबुत सांगठनिक धरातल, मेरो लामो राजनैतिक तथा समाजिक सकृयता, युवा प्रती जनताको बिश्वास र का. म. न पाको बिकास निर्माणमा हाम्रो स्पष्ट दृष्टिकोणनै हाम्रो बिजयका आधारहरु हुन। मलाई बिश्वास छ मेरो पार्टी नेपाली कांग्रेसले मैले इमानदारीता र निष्ठापुर्वक अबिचलित रुपमा अगाडि बढाएको लामो राजनैतिक यात्राको न्याय र बिवेकपुर्ण तरिकाले मुल्यांकन गर्नेछ। सबै अग्रज तथा साथीहरू संग माया, सहयोग, र सदभावको अपेक्षा सहित…. जय नेपाल !





