तेस्रो केन्द्रीय कमिटी बैठक नेकपा एकीकृत समाजवादीले बोलाएको छ । केन्द्रीय सदस्य चमिना भट्टराईका अनुसार फागुन २५ र २६ गते बैठक बोलाएको हो ।
देशभर संगठन निर्माणमा सक्रिय रहेको एकीकृत समाजवादीको उक्त केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा कसरी जाने भन्ने योजना बनाउने समेत बताइएको छ ।
बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत र त्यसमाथि छलफल हुनका साथै भर्खरै संसदबाट अनुमोदन भएको एमसीसीबारे छलफल हुने बताइएको छ ।





