बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, ब्रम्दी र जरुङ लगायतका करिब ३ सय रोपनी जग्गामा अवैध रूपमा लगाएको अफिम बिहीबार प्रहरीले फडानी गरी नष्ट गरेको छ।
साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले जलाएर नष्ट गरेको छ।
जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ‘बस्ती बस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त अफिम खेती नष्ट गरेको हो।





