अनु निराैला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमान्डौ जिल्लाको सम्मेलन सुरु भएको छ । घट्टेकुलाेस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणले रिमोटबाट ब्यानरको पर्दा हटाएर गर्नु भएको थियो
संयोजक किरणको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रलाई संयोजक किरण, पार्टीका बरिष्ठ नेता गौरव, केन्द्रीय सहसंयोजक असिम, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
काठमान्डौ जिल्ला संयोजक प्रकाशको सभापतित्व र नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रलाई हेमन्तले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले अधिवेशन भव्य सफलताको शुभकामना दिनुभएको थियो र पार्टीको आसन्न एकता महाधिवेशनको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै वैचारिक तथा राजनीतिक बहसका विषयमा पनि संक्षिप्तमा महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेताहरु प्रवेश, पुस्कर श्रेष्ठ, दलजित सिंह, हुकुमबहादुर सिंह, पर्वत, उदय रिजाल, विजयरत्न बज्राचार्य र गोर्की श्रेष्ठको आतिथ्यता रहेको थियो ।
बन्द सत्रबाट महाधिवेशनका लागि प्रतिनिधि, पर्यवेक्षक छनौट गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।





