मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो ।





