काठमाडौं: ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष) मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र ( प्युठान, महादेवपुरी स्वास्थ्य चौकी- बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय- जाजरकोट गरि थप ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।
बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्य चौकी बाँके,बर्दिया जिल्ला अस्पताल र जाजरकोट स्वास्थ्य सेवाकार्यालयका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबीवार्मर औपचारिकरुपमा हस्तान्तरण गरिएको हो। साथै सोहि कार्यक्रमकाबीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठानस्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका वडानं. ९ बाँके स्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका वडा नं. ६ स्थितबर्दियाजिल्लाअस्पतालरभेरीनगरपालिकावडान। ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्यरुपमा लाभान्वित हुने छन्।
बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत् “न्यानोनानी” परियोजना-२ अन्तर्गत हालसालै लिपानिबिर्ता स्वास्थ्यचौकी (परवानीपुर, हेटौडा अस्पताल (हेटौडा), बेतिनी सामुदायिक स्वास्थ्य चौकी-फापरबारी, चन्द्रनिगाहपुर अस्पताल (चन्द्रनिगाहपुर र इनरुवा अस्पताल- सुनसरीलाई एक-एक थान बेबीवार्मर प्रदान गरि ५ वटाबेबीवार्मर प्रदान गरिसकेको छ।

नेपाली समाजमा स्थानीयतहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचानगरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नकोलागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित (हाम्रो विकास प्रवर्द्धन कोष) मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ। बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा (न्यानोनानी) बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यकालागि सो केन्द्रको “न्यानोनानी” परियोजना-२ को लागि सहयोग प्रदान गरेको थियो।
ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।





