बुटवल, माघ २४ गते । बुटवल उपमहानगरपालिका १२ तामनगरमा सोमवार विहान करिव ५ बजे सडक किनारमा रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाईते भएका छन ।
पश्चिमदेखि पूर्व जाँदै गरेको लु २ ख ९७७२ नम्बरको ट्रक सडक किनारमा रोकिएको थियो ।
सो ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको हो ।
घटनामा परी बुटवल १३ का अन्दाजी २८ वर्षिय सविन चौधरी, सोही स्थानकै २७ बर्षीय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते दुईजनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





