कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा एक युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार रूखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।
बुधबार बिहान त्रिवि क्रिक्रेट मैदाननजिकै जंगलमा युवकको शव फेला परेको हो ।
घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । युवकको सनाखत हुन सकेको छैन ।





