मध्यपुर थिमि
दिब्यश्वरी बचत तथा ऋण सहकारी संस्थाकाे १७ ओेैं वार्षिक साधारण सभा स्थानीय एराेडाइट कलेज हलमा असाेज १९ गते सम्पन्न भयाे । वडाध्यक्ष बाबुकाजि डंगाेलले उ्द्घाटन गर्नुभएको सभा संस्थाका अध्यक्ष तीर्थलाल कुटुले गर्नुभएको थियाे ।
सभामा पुर्व अध्यक्ष हरिलाल कुटु र प्रदीप शर्मा र सचिव अमृतप्रसाद श्रेष्ठ लगायत पदाधिकारी एवं शेयरसदस्यहरुकाे बाक्लो उपस्थिति रह्याे । दिब्यश्वरी साकाेस बुध्दलाल कुटुकाे ब्यबस्थापनमा संचालित छ । प्रस्तुत प्रतिबेदन अनुसार संस्था प्रगति पथमा नै देखिन्छ ।





