नेकपा एमालेको १०औँं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन पुगेका छन् । आजदेखि सुरु भएको एमालेको महाधिवेशनमा नेकपा माओवादीको नेतृत्व गर्दै लीलामणि पोखरेल चितवन पुगेका हुन् ।
एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । तर, अध्यक्ष प्रचण्ड व्यस्तताका कारण जान नपाएपछि पोखरलेलाई पठाएको नेकपा माओवादीले जनाएको छ ।





