काठमाडाैं- नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयर बिक्रीका लागि राखेको छ । कम्पनीले विशाल ग्रुपको नाममा रहेको ७ लाख कित्ता संस्थापक समूहको शेयर आजदेखि बिक्रीमा राखेको हो ।
प्रतिकित्ता रु ४५० तोकिएको यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्दा न्यूनतम १ लाख र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलकबोलमार्फत बिक्री हुने शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले असोज ८ गतेसम्म गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।
साथै, आजैका मितिदेखि बोलपत्र पेस गर्ने आवेदनकर्ताले सम्बन्धित कम्पनीबाट घोषणा हुने हकप्रद, बोनस तथा लाभांश प्राप्त गर्नेछन् । बोलपत्र एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौंमा पेस गर्न सकिनेछ ।





