काठमाडौं: भारी वर्षापछिको पहिरोले घर भत्काउँदा पुरिएर तनहुँमा दुईजना महिलाको ज्यान गएको छ। पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ भने ठाउँ ठाउँमा घर भत्किएका छन् । पहिरोले धान खेत पनि कटान गरेको छ।
तनहुँका डिएसपी युवराज तिमिल्सेनाका अनुसार बन्दीपुर गाउँपालिका–३ तामुङमा बुधबार राती पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७० वर्षिया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापा रहेका छन्। राती पहिरोमा पुरिएका उनीहरुको शव विहान मात्र भेटिएका थिए । पहिरोमा परि अरु तीनजना घाइते भएका छन्।
पहिरोमा परि ३५ वर्षिय सुभास थापा, ६६ वर्षका लिलबहादुर थापा र ६५ वर्षीया दाउरीमाया थापा घाईते भएका छन्। उनीहरु सबैको सदरमुकाम दमौलीमा उपचार भईरहेको प्रहरीले बताएको छ।





