भक्तपुर/ प्रगतिशील लेखक सङ्घ (प्रलेस) भक्तपुरको पाचौं जिल्ला अधिवेशन अग्रज लेखक साहित्यकारहरुलाइ सम्मान तथा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ।
“प्रगतिशील लेखकहरु सत्ताको पुजारी बन्दै गएका छन् । सत्ता साझेदारहरु उनीहरुकै भ्रष्ट व्यबहारका कारण विवादित हुंदै जांदा पनि खबरदारी नगर्नुले यस्ता लेखकहरुमाथि थुप्रै प्रश्न उठेका छन् ।”उक्त पांचौं अधिवेशनमा साहित्यकारहरुका यस्तै गुनासा थिए ।
कार्यक्रममा सम्मानित मध्येका भाषासेवी तथा शिक्षासेवी त्रिरत्न शाक्यले नेपाल भाषाका साहित्यिक योगदानको कदर नभएकोमा आक्रोश व्यक्त गरे।

अधिवेशनबाट साहित्यकार गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू:
अध्यक्ष- गणेश घिमिरे ‘मार्मिक’ उपाध्यक्ष- रामशरण दाहाल, सचिव- बाबुकाजी श्रेष्ठ, सह-सचिव- जयन्ता पोखरेल, कोषाध्यक्ष- छन्दविज्ञान (निरौला) तथा सदस्यहरू: राजकुमार लामिछाने, सुशिला ढकाल, बुद्धि कुमार घो, कमल मिश्र, नारायण राजथला, माया दोंग, राजेश्वरी शिल्पकार, प्रदिपजामुना श्रेष्ठ, युवराज ढकाल, लक्ष्मी थापा र इश्वरीप्रसाद शर्मा चयन भएका छन् ।





