काठमाडौं: निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् ।
उपत्यकामा निजी सवारीलाई जोर-बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवमा फर्किन लागेका हुन् । उनीहरुले पनि जोर-बिजरो प्रणालीलाई पालना गर्नेछन् ।
नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थाल्ने बताएको छ ।
पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ ।
अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ । पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।
‘





