बाजुरामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका- ३ चोलुका अन्दाजी १५ वर्षीय सुरेन्द्र बिष्ट रहेका छन्।
सोमबार दिउँसो छाप्राडोरा सामुदायिक वनमा बाख्रा चराउन गएका उनलाई बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।





