प्रबिन जाेशी
भक्तपुर । मध्यपुर न.पा.४ मा संचालित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाकाे २५ओैं स्थापना दिवस तथा रजत महाेत्सव २०८१ विविध कार्यक्रमका साथ मनाउँदै छ। साेही क्रममा आइतबार विहान स्थानीय ॐ विध्दाश्रम लाेकंथलीमा आश्रित बाआमाहरुकाे लागि खाद्यान्न ,पौष्टिक सामग्री र फलफुल वितरण गरियो । उक्त अवसरमा एक समाराेहकाे आयाेजनासाथ बृध्दाबृध्दाकाे सुस्वास्थ्य एवं दीर्घायुकाे कामना गरियाे।संस्थाका अध्यक्ष तुइलाल श्रेष्ठलगायत टीमले ॐबृध्दाश्रमका संयाेजक राजेन्द्रमान श्रेष्ठलाई उक्त भौतिक सामग्री हस्तान्तरण गर्नु भयाे ।
संस्थाले बिहीबार वित्तीय साक्षरता ,शुक्रबार भपु जिल्लाव्यापी चित्रकला प्रतियोगिता र शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ।

संस्थाले साेही सप्ताहव्यापी रजत महाेत्सव कार्यक्रमअन्तर्गत अब साेमबार,मंगलबार र बुधबार क्रमश: सरसफाइ ,प्रभातफेरी र२५अैां स्थापना दिवस समाराेहकाे आयाेजना गरिने कार्यक्रम रहेकाे संस्थाले जनाएको छ।






