साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । १४.५८ अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ । यस दिन कारोबार सुरु भएको ७ मिनेटमै परिसूचक २९२५ अंक पुगेको थियो । त्यसपछि केही घटेको नेप्से फेरि ११: ३९ बजे २९२४ अंकमा पुग्यो । सो समयपछि बजार बन्द हुँदासम्म नै घट्न पुग्यो ।
कुल ४५ कम्पनीको मूल्य बढ्यो भने १३७ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर, अपी पावर, शिखर इन्स्योरेन्स, नेसनल हाइड्रोपावर र जलविद्युत लगानी तथा विकास कम्पनी क्रमश: सबैभन्दा अगाडि रहे ।





