सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए। रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्थे।
शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थिए। तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले झ्यालबाट हेर्दा उनीहरूलाई अचेत अवस्थामा देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएको थियो।





