भन्न छोड
भन्न छोड न्याय
र समानताको कुरा
बरु गर प्रेम
सद्भभाव र दया।१।
भन्न छोड उत्पिडन
र निमुखाको कुरा
बरु गर थोरै भएपनि
उधमशीलताको कुरा।२।
भन्न छोड लोकतन्त्र
र गणतन्त्रको कुरा
बरु गर थोरै भएपनि
समाज सुधारको कुरा३।
भन्न छोड संबिधानको
रक्षा गर्ने कुरा
बरु गर थोरै भएपनि
जनताको फैसला।४।
भन्न छोड समाजबाद
र साम्यबादको कुरा
बरु गर पहिला औधोगिक
पुँजीबादको कुरा।५।
भन्न छोड बैदेशिक
रोजगारको कुरा
बरु गर नेपाली
माटोमै खनजोत।६।
भन्न छोड उत्पिडन
र निमुखाको कुरा
बरु गर थोरै भएपनि
उधमशीलताको कुरा।२।
भन्न छोड लोकतन्त्र
र गणतन्त्रको कुरा
बरु गर थोरै भएपनि
समाज सुधारको कुरा३।
भन्न छोड संबिधानको
रक्षा गर्ने कुरा
बरु गर थोरै भएपनि
जनताको फैसला।४।
भन्न छोड समाजबाद
र साम्यबादको कुरा
बरु गर पहिला औधोगिक
पुजीबादको कुरा।५।
भन्न छोड बैदेशिक
रोजगारको कुरा
बरु गर नेपाली
माटोमै खनजोत।६।






