मिथिला माध्यमिकी परिक्रमामा सहभागी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका-३ भंगहा टोल बस्ने ५५ वर्षीया तिलियादेवी मुसहर रहेकी प्रहरीले जानकारी दिए।
यसअघि परिक्रमाको पाँचौं दिन गत सोमबार जलेश्वरमा बेहोस भएर एक महिलाको मृत्यु भएको थियो ।
माध्यमिकी परिक्रमामा सहभागी भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाको भाइसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी ५० वर्षीया पत्नी प्रमिला देवी साहको मृत्यु भएको थियो।
घटनाकाे विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।





