मोरङ । आज रङेली नगरपालिकाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नगर भित्रका २० ओटा सस्थागत तथा सामुदायिक बिध्यालयबाट २०७७ सालमा एसईई पूरा गरेका छात्राहरुलाई साइकल बितरण कार्यक्रमको सुरुआत गरिएको थियो ।
रङेली नगरपालिकाका मेयर दिलिप बगडियाको प्रमुख आथिथ्य र उपमेयर केशब कुमारी खरालको सभापतित्वमा आयोजित उक्त कार्यक्रम्मा प्रमुक प्रशासकिय अधिकृत नवराज कार्की, वडा अध्यक्षहरु, साइकल प्राप्त गर्ने छात्राहरु तथा अभिभावक र शिक्षकहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै यो कार्यक्रम अन्तर्गत सस्थागत बिद्यालयका १०५ र सामुदायिक बिद्यालयका २९६ गरि जम्मा ४०१ जनालाइ साइकल बितरण गरिने र आजको उद्घाटन कार्यक्रममा ८६ जना छात्राहरुलाई साइकल बितरण गरिएको र बाकी छात्राहरुलाइ भोलीबाट क्रमश: बितरण गर्दै जाने जानकारी नगरपालिकाका शिक्षा शाखाका सुनिल शाहले गराए ।

कार्यक्रममा बोल्दै मेयर दिलिप बगडियाले भने,” यो कार्यक्रमले छोरीहरुको शिक्षामा पहुच बढाउन मधत गर्ने मैले अपेक्षा गरेको छु । एसईई भन्दा तल्लो कक्षामा अध्ययनरत छात्राहरुलाई समेत यो कार्यक्रम अन्तर्गतको साइकल प्राप्त गर्ने हौसलाले कक्षा पुरा गर्न र अध्ययनलाइ निरन्तरता दिन सहयोग मिल्ने छ ।” उनले थपे,” चुनाब नजिकिदै छ, भोलि नगरमा जसले जितेर आए पनि यो कार्यक्रमलाइ अगाडी बढाउन आधारशिला हामीले तयार गरिदिएका छौं ।”
उपमेयर तथा यो कार्यक्रमको सभापती समेत रहनु भएकी केशब कुमारी खरालले एकजना छात्रालाई साइकल हस्तान्तरण गर्दै कार्यक्रमको उत्घाटन गरिन् ।

यस कार्यक्रममा नगरको सामाजिक समितिको सम्योजक शंकर प्र. शाहले स्वागत मन्तब्य राख्नु भएको थियो । यस्तै सामुदायिक बिद्यालयको तर्फबाट अर्जुन कुमार राजबन्शी, सस्थागत बिद्यालयको तर्फबाट बिकर्ण कार्की, वडा अध्यक्षहरु मध्येबाट रुपेश मण्डल तथा नगर शिक्षा समितिका सदस्य सुरेश मिश्राले आ-आफ्नो मन्तब्य राखेका थिए ।
नगरपालीकाको अधिकृत कृष्ण प्र. भट्टराईले कार्यक्रम सन्चालन गरेका थिए ।





