काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे प्रधानमन्त्रीबाट जानकारी लिएको बताइएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए ।





