प्रदेश १ मा ७४ सांसद र स्थानीय तहका २२३ जनप्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका छन् । प्रदेश सभाका ९२ जना मध्ये ७४ जनाले र स्थानीय तहका २ सय ७२ मध्ये २ सय २३ जना जनप्रतिनिधिहरुले मतदान गरिसकेको प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।
प्रदेश सभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदानस्थल तोकिएको छ ।





