राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आइतवार राति १२ बजेदेखि शुरू हुने भएको छ । निर्वाचन आयोगले एक सूचना जारी गर्दै आज मध्यरातबाट मौन अवधि शुरू हुने जनाएको हो ।
यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगको भनाइ छ ।





