भक्तपुर / मध्यपुर थिमिमा शनिबार एक समारोहका बीच श्रष्टा तथा शिक्षासेवी तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण गरियो।
लेखक प्रजापतिका पिता तुल्सी बहादुर प्रजापतिको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा लेखकका पिता तथा कार्यक्रमका सभापती तुल्सी बहादुर प्रजापति, मध्यपुरथिमिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र उपप्रमुख अंजना देवी मधिकर्मीले तीन कृति संयुक्त रुपमा लोकार्पण गरे ।

उक्त समारोहमा लोकार्पण गरिएका तीन कृतिहरुमा स्वनिगया पलेस्वां, मेरो प्यारो मध्यपुर थिमी र UNBEATABLE
छन् ।
शिक्षासेवी दिनेश चापागाईंद्वारा समालोचना गरिएको कृतिमा मध्यपुर नगरपालिकाको सहयोग रहेको जानकारी दिइएको छ।





